बिना औषधि जाजरकोट गएका स्वास्थ्यमन्त्री र सचिवको खर्च १८ लाख



०८ जेठ २०७५, काठमाडौँ

गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेल र सचिव किरण रेग्मी जाजरकोट अनुगमन गर्न जाँदाको खर्च १८ लाख उठेको छ ।

बिना औषधि २९ पुसमा एमआई १७ हेलिकोप्टर सहित मन्त्री भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुगेका थिए । जहाँ विरामीले अत्यावश्यक सिटामोल समेत पाएका थिएनन् भने हेलिकोप्टर बिल १७ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ उठेको भन्दै निकासा गरिदिन स्वास्थ्य मन्त्रालयमा सेनाले बिल पेस गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले १८ लाख रुपैयाँ खर्च गर्ने हो भने जाजरकोटका पूरै जनतालाई चार महिना औषधि पुग्छ । सिटामोलसम्म नभएर त्यहाँ भाइरल ज्वरोको संक्रमण बढेको हो । त्यस्तो अवस्थामा मन्त्रालयका अधिकारी तामझाम साथ हेलिकोप्टरमा जानु हुँदैनथ्यो । हेलिकोप्टरमा त औषधिसहित चिकित्सक पठाउनुपर्थ्यो । १८ लाख खर्चेर मन्त्री र सचिवले जाजरकोट घुम्नुको प्रगति केही नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्