खेलकुदलाई प्राथमिकतामा राखी खेलाडीलाई आजीवन भत्ताको व्यवस्था गर्न सांसद श्रेष्ठको माग



११ जेठ २०७५, काठमाडौँ

प्रतिनिधिसभा बैठकमा सांसद जीवनराम श्रेष्ठले खेलाडीहरु राष्ट्रिय एकता, पहिचान र गौरव भएकोले खेलाडीहरुलाई आजीवन भत्ताको व्यवस्था गर्न माग गरे ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दक्षिण एसियाली खेलकुद (साग)को आयोजना नेपालले गर्ने भएकाले सागलाई सफल पार्न सरकारले खेलकुद क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटी लगानी बढाउनुपर्नेमा जोड दिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका सांसद श्रेष्ठ निर्वाचित भएदेखि नै खेलकुद विकास तथा खेलाडीको विशेष सुविधाको लागि संसद तथा व्यक्तिगत भेटघाटमा समेत पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्