च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई



१३ जेठ २०७५, काठमाडौं

शनिवार राति युक्रेनको कियाभमा सम्पन्न फाइनल खेलमा स्पेनिस क्लब रियल मड्रिडले इङ्लिस क्लब लिभुरपुललाई ३–१ गोलले पराजित गरी युरोपको प्रतिष्ठित फुटवल प्रतियोगिता च्याम्पियन्स लिग फुटवलको उपाधि जितेको छ । यो रियलको लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो ।

खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा लय गुमाउँदा खेलको ५१ औं  मिनेटमा रियलले अग्रता लिएको थियो । लिभरपुलगका गोलकिपर लोलिस कारियोलले गरेको गम्भीर गल्तीका कारण बेन्जामाले रियललाई अग्रता दिलाएका थिए । तर लिभरपुलका मानेले ४ मिनेटपछि गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले दुई गोल गरे । उनले ६१ औं मिनेटमा उत्कृष्ट ओभरहेड गोल तथा ८३ औं मिनेटमा लङ्ग रेञ्ज गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्