१३ जेठ २०७५, काठमाडौँ
चोटको कारण केही हप्ता पछि हुन लागेको विश्वकपको लागि तयार हुने नहुने कुनै टुङ्गो नभएका चर्चित फुटबल खेलाडी नेइमारले अन्ततः बिश्वकप खेल्ने भएका छन् । सबैतिर नेइमारले अहिलेको विश्वकप गुमाउने चर्चा चलिरहेको बेला उनी खेल्नको लागि पिएसजीले सर्जरी गर्न मानिरहेको थिएन तर ब्राजिलले पिएसजीको भनाइलाई मध्यनजर नराखी ब्राजिल लगेर आफ्नै डाक्टरहरुले शल्यक्रिया गरेका थिए ।
ब्राजिलले नेइमारलाइ आफ्नै देशमा लगेर यस कारण उपचार गर्यो कि उनीहरुलाई मात्रै थाहा छ बिश्वकपमा नेइमारको मुल्य र ब्राजिलको लागि नेइमारको मुल्य, यस्तै किसिमका बिभिन्न समस्याहरुलाइ छिचोल्दै नेइमार विश्वकपको अन्तिम तयारीको लागि अहिले ब्राजिलमा कडा मिहेनत गरिरहेका छन् ।
विश्वकपमा स्थान बनाउने नबनाउने चिन्ता कुनै बेला थियो अव त्यो भने रहेन । अव हाम्रो अर्को प्रार्थना के छ भने उनको यस बिश्वकपको यात्रा बिना चोट टुंगियोस । किननी विश्वकप जस्तो प्रतियोगितामा नेइमार ब्राजिलको लागि महत्वपूर्ण सदस्य हुन् ।