१४ जेठ २०७५, काठमाडौँ
२० करोड भारु पुरस्कार रहेको इण्डियन प्रिमियर लिग (आइपीएल) एघारौं सिजनको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदैे चेन्नई बिजेता बनेको हो ।
फाइनल खेलमा महत्वपुर्ण योगदान गरेको शेन वाट्सनको मद्दतले आइपिएलमा चेन्नईको तेस्रो जित सहज भएको हो । फाइनलमा उनले सतक प्रहार गरी खेललाई चेन्नईको पक्षमा पारेका थिए । आईपिएलको फाइनलमा कुनै खेलाडीले शतक प्रहार गरेको यो पहिलोपटक हो ।
महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्न सफल भए । जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो । ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे ।