चौधरी ग्रुपको कान्तिपथ शोरुममा एलजीको उत्पादनमा विशेष छुट



१४ जेठ २०७५, काठमाडौँ

सयौं अन्तराष्ट्रिय ब्राण्डका उत्पादनहरु नेपालमा डिलरसीप गरिरहेको चौधरी ग्रुपले एल जी कम्पनीका उत्पादनहरुको बजार प्रबर्धन गरिहेको छ । उपत्यकामै ११ ओटा डिजीटल शोरुम मार्फत विक्रि वितरण गर्दै आएको कम्पनीले अहिले एक हप्ताको लागि कान्तिपथमा रहेको शोरुमबाट एलजीका बहुउपयोगी उत्पादनहरुमा ३० प्रतिशतसम्म छुटमा विक्रि वितरण गरिरहेको छ ।

अहिले कान्तिपथको ज्योतिभवन अपोजिटमा रहेको चौधरी ग्रुपको एलजी शोरुममा जेठ १३ देखि १९ सम्म चल्ने विशेष अफरमा एलजीका गुणस्तरीय र महङ्गा उत्पादनहरुमा ३० प्रतिशतसम्म छुटको अफर पाएपछि ग्राहकहरुको घुँईचो देखिन्छ ।

चौधरी ग्रुप नेपालको सवैभन्दा सफल व्यवसायिक ग्रुप हो । वाईवाई चाउचाउको उत्पादनबाट प्रशिद्धि कमाएको चौधरी ग्रुपले अहिले इलेक्ट्रोनिक्स, अटोमोबाइल, रियल स्टेट, हाइड्रोदेखि शिक्षामा समेत लगानी गरिरहेको छ । फोब्स म्यागजिनमा समेटिएका नेपालका एकमात्र खर्बपति विनोद चौधरीले विश्व बजारमा आफ्नो प्रभुत्व दिनानुदिन बढाईरहेका छन् ।

वासिङ्ग मेशिन छान्दै ग्राहक

चौधरी ग्रुपकी डिपुटी मार्केटिङ्ग म्यानेजर तारा लामाले गुणस्तरीय उत्पादन र कम्पनीका अनुभवी कर्मचारीहरुको व्यवहारले ग्राहकहरु पूर्ण सन्तुष्ट हुँदै फरक–फरक उत्पादन पटक–पटक किन्न आएको दावी गर्छिन् ।

चौधरी ग्रुपको एलजी शप्पीका अपरेश्नल डिपुटी म्यानेजर पुष्पराज बराल कम्पनीले दिएको ३० प्रतिशत सम्मको छुटको कारण कम्पनीको कारोबार सामान्य भन्दा ४० प्रतिशत बढीले हुने कम्पनीको अपेक्षा रहेको बताउँछन् ।

चौधरी ग्रुपको एलजी शोरुम कान्तिपथका कर्मचारीहरु

चौधरी ग्रुपकी नियमित ग्राहक काठमाडौं कालोपुलकी सिर्जना घलेले पहिलो दिनमै ६५ इन्चको एलजीको ओएलईडी टिभी खरिद गरिन् । शनिवारसम्म चल्ने अफर अवधिमै फ्रिज र वासिङ्ग मेशिन किन्ने योजनामा समेत रहेको बताईन् ।

एलजीको ओएलईडी टिभि किनेपछि खुशी मुद्रामा सिर्जना घले
ग्राहकलाई उत्पादबारे जानकारी गराउँदै डिपुटी म्यानेजर तारा लामा

 

प्रतिक्रिया दिनुहोस्