नेपाल जापान फ्रेण्डशिप लायन्स क्लबको दोस्रो अधिवेशन सम्पन्न



१४ जेठ २०७५, कुमामोतो, जापान

नेपाल जापान फ्रेण्डशिप लायन्स क्लबको दोश्रो अधिवेशन भर्खरै जापानमा सम्पन्न भएको छ । एक वर्षअघि स्थापित यस क्लबले अधिवेशनमार्फत एक वर्षे कार्यकालको समिक्षा सहित नयाँ कार्यसमिति चयन गरेको छ ।

दोश्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

अध्यक्ष : अर्जुन थापा
प्रथम उपाध्यक्ष : ज्योति केसी
द्वितीय उपाध्यक्ष : दिलेन्द्र जोशी
सचिव : सूर्यबहादुर कुँवर
सह–सचिव : भागिरथ पौडेल
कोषाध्यक्ष : गुप्तराज न्यौपाने
सह–कोषाध्यक्ष : प्रकाश लामिछाने
एलसीआईएफसी कोअर्डिनेटर एवम् प्रवक्ता : कृष्णप्रसाद सुवेदी
मेम्बरसिप एवम् खेलकुद डाइरेक्टर : शंकर केसी
सर्भिस चियर पर्सन : सुदीपमान श्रेष्ठ
क्लब डाइरेक्टर : सुजू थापा ठकुरी
टेमर : सुनिल श्रेष्ठ
टेल ट्विस्टर : खेम महतो
हेल्थ डाइरेक्टर : सरिता शर्मा
एजुकेसन डिरेक्टर : अनीश लामा
नेपाल कोअर्डिनेटर : दिलीप लामिछाने, विक्रम कोइराला, श्रुति शाह
कुमामोतो कोअडिर्नेटर : मंजुल बाराही, सानुभाई बिश्वाकर्मा, रामचन्द्र पण्डित
नागोया कोअर्डिनेटर : लक्ष्मण ढुङ्गाना, दुर्गा माझी
मियाजाकी कोअर्डिनेटर : कुमार थापा मगर
ओसाका कोर्डिनेटर : प्रेमप्रसाद कँडेल

कार्यसमिति सदस्यहरु:
मिलन बस्नेत्र
ध्रुव गैरे
अनिता रिमाल
विकास रोकाया
सन्तोष सापकोटा
सुवास श्रेष्ठ
सञ्जय चौधरी
नविन देवकोटा
विष्णु रानाभाट

सल्लाहकार
सन्तोष थापा

फुकुओका शहरको हकाता सिमीन सेन्टरमा भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा प्रमुख अतिथि क्लबका सल्लाहकार तथा एनआरएनएआईसीसी सदस्य टंक गैरे, विशेष अथितिहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी, क्लबका सल्लाहकार लायन छत्र दाहाल रहेका थिए । उक्त कार्यक्रममा एनआरएन क्युसुका उपसंयोजक देवराज उप्रेती, फुकुओका नेपाल सोसाइटी अध्यक्ष नवीन अधिकारी, हामी नेपाली हाम्रो नेपाल अभियानका अभियन्ताहरु, गायत फुकुओकामा रहेका विभिन्न संघ, संस्थाका प्रतिनिधि, व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता अध्यक्ष लायन अर्जुन थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव लायन दिलेन्द्र जोशीले गरेका थिए । कार्यक्रमम प्रमुख अतिथि टंक गैरेले लायन्सको पृष्ठभुमिबारे जानकारी दिँदै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्