भारतीय विदेश मन्त्री स्वराजले माफी माग्नु पर्छ : सुदेश पराजुली



१५ जेष्ठ २०७५, काठमाडौ

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको अभिव्यक्ति प्रती अनेरास्ववियुका सचीव सुदेश पराजुलिले आपत्ती जनाएका छन् । हिजो बेलुकी आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै पराजुलीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजले तत्काल माफी माग्नुपर्ने बताएका हुन ।

भारतीय प्रधानमंत्री नरेन्द्र मोदिले जनकपुरमा लाखौ लाख भारतिय नागरिकलाई सम्बोधन गरेको भनेर भारतीय विदेश मन्त्री सुष्मा स्वराजबाट जुन ढंगले अत्यन्तै गलत अभिव्यक्ति राख्ने काम भएको छ ,यो कुटनितिक मर्यादा र भावना विपरीत छ सचीव पराजुलीले बताए ।

पराजुली भन्छन् , नेपालमा जनकपुर छ, जनकपुरमा लाखौ लाख नेपालीहरु बस्छन् यिनको पक्कै पनि आँखा बिग्रिएछ । नेपाल र नेपालीको भावनामा आघात पुग्ने यिनको अभिव्यक्ति तुरुन्त फिर्ता होस् ।

यस्ता गलत दृष्टिकोण सार्वजनिक गर्ने भारतिय विदेश मन्त्रीले माफी माग्नु पर्छ ,आत्मालोचित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्