फिनल्याण्डको राजधानी हेल्सिन्किमा नेपाली साँस्कृतिक कार्यक्रम



१६ जेठ २०७५, फिनल्याण्ड

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा आयोजित विशेष कार्यक्रममा गैर आवासीय नेपालीहरुले आफ्नो कला र संस्कृतिको प्रचार गरेका छन् । नेपालीद्वारा संचालित सामाजिक संस्था केपाको आयोजना र एनआरएन राष्ट्रिय समन्वय परिषद् फिन्ल्याण्डले संयोजन गरेको “वर्ल्ड भिलेज फेस्टिभल“ कार्यक्रममा नेपाली संगीत, कला र भेषभूषाको प्रदर्शनी गरिएको
थियो ।

सार्वजनिक स्थानमा आयोजना गरिएको नेपाली समुदायको प्रस्तुतीलाई स्थानीय फिनिसहरुले उत्साहपूर्वक अवलोकन गरेका जानकारी आयोजकले दिएका छन् । कार्यक्रममा नेपाली गायन नृत्य साथै  नेपाली पोषाकको समेत प्रदर्शनी गरिएको थियो ।

फिनल्याण्डमा सन् १९९५ देखि नियमित वार्षिक रुपमा आयोजना हुने फेस्टिभलमा विभिन्न समुदायहरुले आ–आफ्नो भाषा, संस्कृति, कला र भेषभूषाको प्रवर्धन गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्