कतारसँग औद्योगिक क्षेत्रमा लगानी गर्न मन्त्रीको आग्रह



१६ जेठ २०७५, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कतारसँग रुग्ण उद्योग पुनःस्थापना र अन्य औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

नेपालका लागि कतारका राजदूत युसुफ बिन महमद अल हेयलसँग आज भएको शिष्टाचार भेटमा कतारमा कार्यरत चार लाख नेपालीको सुरक्षा र अधिकारका विषयमा पनि चासो व्यक्त गरेका थिए ।

उक्त अवसरमा कतारी राजदूत हेयल कतारका लगानीकर्ताले समेत नेपालमा लगानी गर्न चाहेकाले द्विपक्षीय लगानीको सम्झौता गरेर अगाडि बढ्न अनुरोध गरेका थिए । कतारले वैदेशिक लगानीका लागि जग्गा, प्रवेशाज्ञा एवं अन्य सुविधा उपलब्ध गराउँदै आएकाहुँदा नेपालले पनि जग्गासहित अन्य आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्