रुओन नेपालद्वारा शैक्षिक सामग्री वितरण



१६ जेठ २०७५, काठमाडौँ

ग्रामिण महिला सञ्जाल नेपाल (रुओन नेपाल) द्वारा श्री बालउद्धार मा.वि. कपनमा कक्षा १ देखि १० सम्म अध्ययनरत ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा विद्यालयका प्र.अ. विनोद पण्डितले आगामी दिनमा पनि रुओन नेपालसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रम संचालक तथा सहायक प्र.अ. राजन रेग्मी भन्छन्, रुओन नेपाल पिछडीएका वर्गका विद्यार्थीहरुका लागि शिक्षा आर्जनको बलियो जडी बनेको छ ।

संस्थाकी अध्ययक्ष गोमादेबी बाँस्तोला भन्छिन्, २००७ सालमा स्थापना भई ग्रामिण महिला तथा बालबालिकाको क्षेत्रमा कामगर्दै आएको रुओन नेपालले विगत तीन वर्षदेखि बालउद्धार माविका विद्यार्थीहरुलाई अतिरिक्त कक्षा संचालन गरि शैक्षिक सामग्री समेत वितरण गर्दै आएको छ । निम्न आयश्रोत भएका समुदायका  विद्यार्थीहरुलाई यो प्रोत्साहन स्वरुपको सानो सहयोग मात्र हो । उनले आगामी दिनमा क्षमता अनुसारको सहयोग गर्दै जाने प्रतिबद्धता जनाएकी छन् । 

कार्यक्रममा बालउद्धार माविका संम्पूर्ण शिक्षक शिक्षिका तथा समाजसेवी देबी रेग्मी र उमा घिमिरेको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्