१७ जेठ २०७५, काठमाडौँ
विश्वकप हरेक ४ बर्षमा फिफाद्वारा आयोजना गरिन्छ । एक महिनाको अवधिमा ३२ राष्ट्रका राष्ट्रिय टीमहरु विश्वकप जित्नको लागि ६४ म्याचमा प्रतिस्पर्धा गर्दछन् । संसारको प्रख्यात खेल मध्येको एक विश्वकपले खेलाडी र फ्यान दुबैलाई तनाब र उत्साह सिर्जना गर्दछ । यस प्रतिष्ठित खेलमा विश्वकप सम्बन्धि धेरै रेकर्ड बनेका छन् ।
तपाई फुटबल प्रशंसक हुनुहुन्छ तर तपाइलाई विश्वकप सम्बन्धि अचम्म लाग्दो र अविश्वसनीय चार तथ्यहरु थाहा नहुन सक्छ ।
विश्वकप खेल्दा सेक्सको अनुमती हुँदैन
जर्मनी, स्पेन, मेक्सिको र चिलीका कोचहरुले सबै खेलाडीहरुलाई टुर्नामेन्ट भरी यौन सम्बन्ध राख्न निषेध गरेका छन् । फुटबलका म्यानेजरका अनुसार सेक्स खेलाडीलाई भड्काउने र इनर्जी बर्बाद बनाउने काम हो । ब्राजीलका लुइज फेलिप स्कोलरी जस्ता अन्य प्रबन्धकहरुले एक थप मिश्रित दृष्टिकोण लिसकेका छन् । खेलाडीहरु सेक्स गर्न सक्छन् तर अधिक “एक्रोबेटिक” रुपबाट पर रहेर ।
संसारका करिव आधा जनसंख्याले विश्वकप हेर्छन्
संसार भरिका करिब ४६ % मान्छेहरु विश्वकप २०१० मा लगभग १ मिनेट भन्दा बढी देखिएका थिए । फिफाका अनुसार फुटबल खेल विश्वको सबै भन्दा व्यापक रुपमा हेरिने खेल हो ।
यो आश्चर्यजनक छ कि विश्वका ४६% मानिसहरु विश्वकप हेर्न एकजुट हुन्छन् तर २ अर्ब अथवा २.९ % मानिसहरुले मात्र ३० मिनेट भन्दा बढी समयसम्म विश्वकप हेर्ने गर्छन् ।
विश्वकप विजेतालाई ३५मिलियन डलर
सबै भन्दा रोचक कुरा फिफाले टुर्नामेन्टमा सहभागीहरुलाई कसरी पैसा दिन्छ भन्ने हो । विश्वकप बाहेक विजेताले ३५ मिलियन डलर पाउँछन् । फिफाले रनर अपलाई समेत निराश नगर्नका लागि २५ मिलियन डलर पुरस्कार दिन्छन् ।
टुर्नामेन्टमा शिर्ष स्थान हासिल गर्ने टीमहरुले छुट्टा–छुट्टै प्रकारको धनराशी पाउँछन् । सबैभन्दा रोचक कुरा त विश्वकपमा भाग लिने प्रत्येक टिमले लाखौं डलरको चेक पाउँछन् । वास्तवमा भन्नु पर्दा समूह चरणको खेलमा प्रतिस्पर्धा गर्ने सबै टिमलाई फिफाले ८ बिलियन डलर छुट्याउँछ ।
सबैभन्दा छिटो गोल र छिटो रेड कार्ड रेकर्ड
विश्वकप २००२ मा दक्षिण कोरिया विरुद्धको खेलमा टर्कीका ह्याकन सुकुरले ११ सेकेण्डमा गोल गरेका थिए । सो खेलमा टर्कीले दक्षिण कोरियालाई पराजित गर्याे । सुकुरले ११ सेकेण्डमा गोल गरेर विश्वकपमा सबैभन्दा भन्दा छिटो गोलको रेकर्ड राखेका छन् । उरुग्वे डिफेंडर जोस बटस्ताको विश्वकप इतिहासको सबै भन्दा छिटो रेड कार्डको रेकर्ड रहेको छ । उनले मिडफिल्डर गिर्डन स्ट्राचनको खुट्टामा फल गरेपछि ५६ सेकेण्डमा रेडकार्ड खाई म्याचबाट बाहिर आएका थिए ।