अमेरिकी राजदुत टेप्लिट्जद्वारा नुवाकोट भ्रमण



१८ जेष्ठ २०७५, नुवाकोट

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले ऐतिहासिक नुवाकोट दरबारको भ्रमण गरेकी छिन् ।

राजदुत टेप्लिट्जले आफ्नो नुवाकोट भ्रमणको क्रममा भ्रमणको शुरुवात ऐतिहासिक नुवाकोट दरवारको भ्रमणबाट गरेकी हुन् । नुवाकोट जिल्लाकै पहिचानको रूपमा रहेको प्रसिद्ध सात तले दरवारको नामले परिचित उक्त नुवाकोट दरबारको भ्रमण गर्ने क्रममा टेप्लिट्जले अवलोकन र निरीक्षण समेत गरेकी छिन् ।

 

अमेरिकी दूतावासले सांस्कृतिक सम्पदा संरक्षण कोषको अनुदानमार्फत नेपाल सरकारको पुरातत्व विभागसँग मिलेर नेपालका विभिन्न मौलिक सांस्कृतिक सम्पदाहरुको ऐतिहासिक समग्रता जोगिने गरी संरक्षण, जीर्णोद्दार र भूकम्प प्रतिरोधी पूनर्निर्माण गर्दै आएको छ। त्यसै सन्दर्भमा राजदुत टेप्लिट्ज नुवाकोट भ्रमणमा निस्किएकी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्