१८ जेठ २०७५, काठमाडौँ
हाल प्रदर्शन भइरहेको प्रधानमन्त्री कपमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई ९ विकेट गुमाएर २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पानी परेर ढिला शुरु भएको खेललाई ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर व्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबको शुरुवात खासै सुखदजनक नभएता पनि पछि लयमा फर्केको थियो ।
आर्मीका लागि सागर पुनले व्यक्तिगत ८, अनिल कुमार मण्डल ३६, नरेश बुढाऐरी ३२, राजु रिजाल ४, सार्की १४, राजेस पुलामी मगर २२, सोमपाल कामी १८, क्यापटेन विनोद भण्डारी ६४, विक्रम सोव १६, रनको योगदान दिएका थिए । प्रदेश नं १ ले जवाफी व्याटीङ गर्दैछ ।