१८ जेठ २०७५, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री परिषद विस्तार गरेका छन् । संघिय समाजवादी फोरम नेपाललाई मिलाएर मन्त्री परिषद विस्तार गरिएको हो ।
केहि दिन अगि नेकपा र संघिय समाजवादी फोरम नेपाल बीच भएको सहमति अनुरुप आज फोरमलाई सरकारमा ल्याइएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राईलाई मन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति निकाल्दै मन्त्रीमा नियुक्ति गरिएको सार्वजानिक गरेको छ।
मन्त्री परिषद विस्तारसगै यस अघि प्रधानमन्त्रीसग रहेको दुई मन्त्रालय मध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय उपेन्द्र यादवले र सहरी विकास मन्त्रालय मोहम्मद इस्तियाक राईले सम्हाल्दै छन् ।