अमेरिकाद्वारा आल्मुनियम र स्टीलको आयातमा कर वृद्धि



१८ जेठ २०७५, वासिङटन

अमेरिकाले आल्मुनियम, स्टील लगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ ।

युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको बिहीबार जानकारी दिएको थियो । अमेरिकाको यो निर्णयबाट व्यापारीक साझेदार मुलुकहरूलाई थप बेखुसी बनाउने निश्चित रहेको पनि समाचारमा जनाइएको छ ।

अमेरिकाका व्यापार मन्त्री विल्बर रोसले क्यानडामा भएको विश्वका मुख्य सात देशका अर्थ मन्त्रीहरुसँगको बैठकपछि कर वृद्धिको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्