२७ जनसङ्ख्याको सिङ्गो देश



समुन्द्रको बीचमा दुई पिल्लरमाथि एउटा २७ जना जनसङ्ख्या भएको देश छ जुन देश विश्वमा सील्याण्ड नामले प्रख्यात छ । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो ।

उक्त देशका राष्ट्रपति, प्रधानमन्त्री र मालिक जे भनेपनि रोय बेट्स नामक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेका थिए तर उनको मृत्यु पश्चात अहिले त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् ।

उक्त देशको निर्माण दोश्रो विश्वयुद्धका बेला ब्रिटेनहरुले गरेको भनाइ छ । अझैसम्म यस देशलाई कुनैपनि अन्तर्रा्ष्ट्रिय मान्यता दिइएको छैन । आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । यो देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ ।

मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् । अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या ८०० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्