१९ जेठ २०७५, काठमाडौं
विश्वका चर्चित फुटबलर मेस्सी र रोनाल्डोको २०१८ मा हुने विश्व कप सम्भवत अन्तिम हुन सक्छ । विश्वमा को ठूलो भन्ने होड बाजी चलिरहँदा उनीहरुलाई आफु उत्कृष्ट सावित गर्नु त छँदै छ आफ्नो देशलाई उपाधी दिलाउनु पनि उत्तिकै चुनौती रहेको छ । एउटै देशमा रहेका दुई स्पेनी क्लब (रियल मड्रिड र बार्सिलोना) बाट खेल्ने भएकाले पनि यी दुई खेलाडीलाई निकै नै तुलना गर्ने गरिन्छ । दुबै खेलाडी चार चोटी विश्व उत्कृष्ट खेलाडी घोषित भैसकेका छन् । विश्व फुटबल एक दशकदेखी रोनाल्डो र मेस्सीकै वरीपरी घुमिरहेको छ ।
खास गरी मेस्सीलाई अर्जेन्टिनाका लागि विश्व कप जित्नु बढी दबाब रहेको छ । राष्ट्रिय टिमका लागि केही गर्न नसकेको आरोप खेपी रहेका मेस्सीले यो दोष सधैका लागि मेट्नु छ । मेस्सीले राष्ट्रिय टोलीबाट अहिले सम्म देशलाई कुनै अन्तराष्ट्रिय उपाधी दिलाएका छैनन् । लगातार तीन वटा अन्तराष्ट्रिय खेलको फाइनलमा पुगेर पराजीत भए पछि मेस्सीले दुई वर्ष अगाडी राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । फ्यानको दबाब र राष्ट्रको प्रायासमा उनले सन्यास र्फिता लिएका थिए । अर्जेन्टिना दुईचोटी कोपा अमेरिका र एकचोटी विश्व कपको फाइनलमा पुगेर उपाधि जित्न चुकेको थियो । इतिहासमा मेस्सी कती महान खेलाडी हुन् भन्ने कुरा यस वर्षकोे विश्व कपले मापन गर्नेछ ।
क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको देश पोर्चुगल दुई वर्ष अगाडी फ्रान्समा सम्पन्न युरो कपको उपाधि हासिल गर्न सफल भएको थियो । अर्जेन्टिना जस्तो हाई प्रोफाइल र उत्कृष्ट टिम नभएका कारण पुर्चुगललाई विश्व कप जित्न त्यति दबाब छैन् । युरोकप जितेसँगै रोनाल्डाले युरोपका महान खेलाडीको रुपमा आफ्नो नाम लेखाइसकेका छन् ।
२०२२ मा कतारमा हुने विश्व कप मेस्सी र रोनाल्डो दुबैको लागि उमेर बादक बन्ने भएकाले उनीहरुको यो वर्षको विश्व कप अन्तिम हुनेमा दुई मत छैन । इतिहासलाई हेर्ने हो भने ३५ वर्ष पुगेका वा नागेका खेलाडीले खेल खेल्दा त्यती प्रभावशाली देखिएको छैन र धेरै कमले मात्र खेलेको रेकर्ड रहेको छ । त्यहि भएर यो वर्षको विश्व कप रोनाल्डो र मेस्सीको वरी परी घुमिरहेको छ । सबै फुटबल प्रमीको चासो र ध्यान यिनै खेलाडी माथी हुनेछ ।