२० जेठ २०७५, काठमाडौं
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ ३ नं. प्रदेश स्तरीय २ दिने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०७५ नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा हलचोक स्थित सशस्त्र प्रहरी बल खेल मैदानमा उद्घाट भएको छ । विशेष अतिथिको रुपमा सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ समेतको उपस्थिति थियो ।
२ दिनसम्म चल्ने ६ खेलहरु (कबड्डी, भलिबल, उस्सु, कराते, तेक्वान्दो, एथलेटिक्स)मा १३ जिल्लाका खेलाडीहरु सहभागी भएका छन् । प्रत्येक जिल्लाबाट ७२ जना खेलाडीहरु सहित ६ जना प्रशिक्षक र १ जना टोली नेता रहेको जानकारी काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले परिवर्तन खबरलाई बताए ।
स्थानीय तहदेखि जिल्ला तहसम्म विभिन्न खेलमा उत्कृष्ट विद्यार्थीहरु सहभागी भएका छन् । नेपाल सरकारको तर्फबाट खेलाडीहरुलाई यातायात खर्च र खेल अवधिभर बस्ने व्यवस्था पनि गरेको छ ।