२० जेठ २०७५, काठमाडौँ
निजामती सेवामा खरिदार पद हटाउने तयारीका साथै खुल्ला विज्ञापन नखुलाउने भएको छ ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्धितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ती नगर्ने उल्लेख गरेको छ ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा उल्लेख गरिए अनुशार आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पद पूर्तिका लागि २० प्रतिशत र जेष्ठताको बढुवाको आधारमा १० प्रतिशत हुने भएको छ ।
खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।