२० जेठ २०७५, काठमाडौँ
एसइईको नतिजा ढिलो प्रकाशन हुने भएको छ । परिक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुशार असारको पहिलो हप्ता प्रकाशन हुने नतिजा दोश्रो हप्ता हुने भएको छ ।
उक्त परिक्षा चैत्र ८ गतेबाट सुरु भई १७ गते सकिएको थियो । रेग्मी भन्छन्, जिल्ला शिक्षा कार्यालयमा कर्मचारीको अभाव, नयाँ कर्मचारीको नियुक्ति र समयमै जिल्लाबाट परिक्षण सकिएको उतर पुस्तिका आई नपुग्दा नतिजा प्रकाशन हुन ढिला भएको हो ।