प्रधानमन्त्री कपमा आर्मीद्वारा एपिएफ पराजित



२२ जेठ २०७५, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफ लाई पराजित गर्दै विजेता बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा आर्मीले एपिएफलाई ७० रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । वर्षाका कारण ५० ओभरको खेललाई ४० ओभरमा छोट्याइएको थियो ।

हारसँगै एपिएफ समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता तथा एपिएफले समूह ‘बी’ को विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्