सागर थापा सहित ६ जनाले पाए म्याच फिक्सिङको सफाइ



२४ जेठ २०७५, काठमाडौँ

म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

अदालतका अध्यक्ष न्यायधीश बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले विहीबार सफाइ दिने फैसला सुनाएको थियो ।

राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापा, रितेश थापा,सन्दीप राई, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी र फिजियो डेजिव थापाले सफाई पाएका हुन् ।

२००८ देखि खेलेको अन्तराष्ट्रिय खेलहरुमा पैसा दिएर हारेको भेटिएको भन्दै प्रहरीले प्रकाउ गरेको थियो । म्याच फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहित ६ जना पक्राउ परेका थिए । २४ कात्तिक २०७२ मा सबै जना धरौटीमा छुटे ।

म्याच फिक्सिङको आरोपमा उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । उक्त आरोप राज्य विप्लवको कसुर गरेको नदेखिएको फैसलामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्