२५ जेठ २०७५, काठमाडौँ
कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेका छन् ।
थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि पनि उर्वरक्षेत्र भएको उल्लेख गरेका थिए ।
खनाल भन्छन्, ‘‘कृषिलाई पर्यटन, अर्गानिक र जलस्रोतसँग जोडेर व्यावसायिक योजना बनाउनुहोस्, सरकार युवाका लागि न्यूनतम ब्याजदरमा कर्जा लगानी गर्न तयार छ ।”
“विदेशमा जति समय काम गरिन्छ, त्यति समय स्वदेशमा परिश्रम गर्ने हो भने विदेशमा गर्ने आम्दानी भन्दा स्वदेशको आम्दानी दोब्बर हुने” मन्त्री खनालले दाबी गरेका थिए ।