२५ जेठ २०७५, काठमाडौँ
विश्वकप शुरु हुन केहि दिन बाँकि छदा नाइजेरियाका प्रशिक्षक गेर्नेट रोहले खेलाडीहरुलाई रसियन युवतीसँग यौन सम्बन्ध नराख्न र उनीहरुबाट टाढा रहन चेतावनी दिएका छन् ।
खेलाडीले आफ्ना श्रीमती र परिवार लान पाउने तर रसियन युवती राख्न नपाउने बताएका छन् । प्रशिक्षकलाई उधृत गर्दै स्पोर्टस नाइजेरियाले उल्लेख गरेको छ, खेल सके पछि र खेल नभएको दिनमा मात्र श्रिमती वा गर्ल फ्रेन्डलाई भेट्न पाउने छन् ।
हरेक खेलाडीको लागि आफ्नै आफ्नै कोठा हुन्छ । खेल नभएको दिन श्रीमतीसँग बस्न पाउनेछन् भने खेल हुने दिन बस्न पाउने छैनन् ।