वैवाहिक जीवनमा जापानी युवराज दम्पत्तिले रजत मनाउँदै



२७ जेठ २०७५, काठमाडौँ

जापानका युवराजको वैवाहिक जीवनको रजत महोत्सव शनिबार देशभर भव्यताका साथ मनाएको समाचार छ ।

जापानी राजकीय संस्कारअनुसार जापानी राजा अकिहितोले अर्को वर्ष आफ्ना पिताबाट राजाको रुपमा उत्तराधिकारी प्राप्त गर्दै छन् ।

युवराज नारुहितोलाई आउदो मे महिनामा राजाले राजगद्दी हस्तान्तरण गर्ने तय भएको समाचारमा जनाएको छ । युवराज नारुहितो हाल ५८ वर्षका छन् ।

राज्याधिकार हस्तान्तरणसँगै जापानी राजाले तीन दशकसम्म विश्राम लिनेछन् । जापानमा अहिले रहेको राज परिवार विश्वकै पुरानो राजपरिवार मानिन्छ ।

युवराज नारुहितोले सन् १९९३ मा कुटनीतिक सेवामा समर्पित एक सम्भ्रान्त परिवारकी छोरी मासाको ओवादासँग विवाह गरेका थिए । उनीहरुबाट सन् २००१ मा एक सन्तान छोरीको जन्म भएको थियो ।

युवराज्ञी मासाको अहिले ५४ वर्षकी छिन् । उनले आफ्नो वैवाहिक रजत महोत्सवका अवसरमा जनताको खुसीका लागि प्रार्थना गरिरहेको बताएकी छिन् ।

यदि उनले राजगद्दी त्यागिन भने जापानको करिब दुई शताब्दी लामो राजसंस्थाको इतिहासमा गद्दिनशिन राजाले राजगद्दी छोडेर युवराजलाई सुम्पेको यो पहिलो पटक हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्