२७ जेठ २०७५
केहि दिनमा शुरु हुने विश्वकपक २०१८ को भविष्यवाणी बिरालोले गर्दैछ । एक महिनासम्म चल्ने विश्वकप संसारको सबैभन्दा ठूलो खेल मेला हो । आफ्नो मनपर्ने टिमको समर्थनमा विश्वको आँखा विश्वकप खेल्दै गरेका टीममाथि हुनेछन् ।
प्रत्येक पटक विश्वकपको नतिजाका लागि खास एक जनावर भविष्यवक्ताका रुपमा चर्चामा आउने गर्छ । अक्टोपस, सुँगा, माछा, कुकुर आदिले पहिलेका विश्वकपहरुमा भविष्यवाणी गरिसकेका छन् । तर यो पटक भने विश्वकपको भविष्यवाणी विरालोले गर्ने भएको छ ।
सेन्ट पिटर्सवर्ग म्युजियमको एउटा अन्धो बिरालोले २०१८ को विश्वकप खेलको भविष्यवाणी गर्ने भएको छ । यो बिरालोले गतवर्षको कन्फेडेरेशन कप भविष्यवाणी गरेको थियो । बिरालोको वजन ४.७ किलो रहेको छ ।
खेलका क्रममा बिरोलोलाई सबैका अगाडि राखेर प्रतिद्वन्दी दुई देशको झण्डा दिईनेछ । दुई मध्ये एउटा झण्डामा बिरालोले आफ्नो पंजा राखी भविष्यवाणी गर्नेछ । एजेन्सी