२७ जेठ २०७५, काठमाडौँ
समुह बी मा रहेका दुई उत्कृष्ट टोली स्पेन र पोर्चुगलको पहिलो खेल १५ जुनमा हुने भएको छ । स्पेनलाई २०१८ मा हुने विश्वकप विजेताको दावेदारको रुपमा हेरिएको छ । स्पनले पहिलो पटक २०१० मा भएको विश्वकपमा नेदरल्याण्डलाई पराजित गरेर ट्रफि उचालेको थियो । स्पेनले विश्वकपको २० टुर्नामेन्टमा १४ प्रतियोगीतामा सहभागीता जनाएको छ । १९५० मा पहिलो पटक स्पेन विश्व कपको सेमिफाइनलमा पुगेको थियो भने चार पटक क्वाटर फाइनलमा । स्पेनले १९६४, २०१०, २०१२ गरी युरोकप तिन पटक सम्म जितेको थियो भने १९९२ मा ओलम्पिक फुटबलको उपाधि जितेको थियो । यी सबै उपलब्धिलाई हेर्दा स्पेन प्रतियोगीताकै दाबेदार टोली मध्येको एक हो ।
पोर्चुगल २०१६ को युरो कप विजेता टोली हो । पोर्चुगल १९६६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । त्यसपछि भने यसको यात्रा त्यती सुखद देखिदैन । क्रिश्चियानो रोनाल्डो प्रेरित पोर्चुगलको आखाँ पनि २०१८ को विश्वकपको ट्रफिमै पर्ने निश्चित छ । यस वर्षको विश्वकप यात्रा सम्भवत रोनाल्डोको अन्तिम यात्रा हुनेछ त्यसकारण पनि उनी सुखद अन्त्य गर्न चहान्छन् ।
यी दुबै टोलीलाई दाबेदबरको रुपमा हेरियता पनि स्पेन उत्कृष्ट खेलाडीको बाहुल्यता रहेको टोली हो । विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डो पोर्चुगल टीममा भएको कारण पनि नतिजा के आउछ भन्न सकिदैन । स्पेन र पोर्चुगलको खेल नेपाली तालिका अनुसार जेठ १ गते रातीे ११:४५ मा शुरु हुनेछ ।