३१ जेठ २०७५, काठमाडौं
विश्व फुटबल महासंघ (फिफा)को रसियामा बसेको बैठक अनुसार सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता क्यानाडा,मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । मरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको भएतापनि तीन मुलुकले मात्र विश्वकप आयोजनाको बाजी जितेका छन् ।
प्रतियोगितामा हुने कुल ८० खेल मध्ये अमेरिकाले ६०, क्यानडाले १० र मेक्सिकोले १० खेल आयोजना गर्नेछन् ।
सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरे पश्चात पहिलो पटक २०२६ मा तीन देशले विश्वकप आयोजना गर्न लागेको हो । सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ।