०१ असार २०७५, काठमाडौं
हिजोबाट रसियामा शुरु भएको २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको रौनकले नेपाली समाजलाई राम्रै असर पारेको छ । यतिबेला आम नागरिकदेखि नेपाली कलाकारहरुलाई पनि वर्ल्डकप को फिभर लागेको छ ।
नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि आफ्नो मनपर्ने टिमको समर्थनमा आफूलाई उभ्याएका छन् । चर्चित नायिका एवं चलचित्र निर्मात्री केकी अधिकारी पनि यसबाट अछुतो रहन सकिनन् । उनले यसपालीको विश्वकपमा अर्जेन्टिनाको खुलेरै समर्थन गरेकी छिन् ।
नायिका अधिकारीले भनिन्,‘मैले त बच्चैदेखि अर्जेन्टिनाको सर्पोट गर्दै आएकी छु, म मेस्सीको ठूलो फ्यान हुँ, एन्जेल डिमारीया पनि मेरो असाध्यै मनपर्ने खेलाडी हो ।’
हरेक विश्वकपमा अर्जेन्टिनालाई नै सर्पाेट गरेको बताउने केकीले यसपालीको विश्वकप अष्ट्र्लियामा हेर्ने जानकारी गराईन् । २०१८ को विश्वकप जारी रहँदा केकी फिल्मी कामको सिलसिलामा अष्ट्रेलियमा हुनेछिन् ।