रोनाल्डो भर्सेस सर्जियो रामोस : कस्ले मार्ला बाजी ?



०१ असार २०७५, काठमाडौं

स्पेनिस क्लब रियल मड्रिडका दुई उत्कृष्ट खेलाडी रोनाल्डो र सर्जियो रामोस  नेपाली समयानुसार ११ः४५ मा शुरु हुने खेलमा एक अर्काको विरुद्धमा खेल्दैछन् । युरोपका दुई छिमेकी प्रतिद्वन्दी पोर्चुगल र स्पेनले आज सोची शहरमा विश्वकपको यात्रा थाल्नेछन् । यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको छ ।

स्पेनलाई २०१८ मा हुने विश्वकप विजेताको दावेदारको रुपमा हेरिएको छ । स्पनले पहिलो पटक २०१० मा भएको विश्वकपमा नेदरल्याण्डलाई पराजित गरेर ट्रफि उचालेको थियो । स्पेनले विश्वकपको २० टुर्नामेन्टमा १४ प्रतियोगीतामा सहभागीता जनाएको छ । १९५० मा पहिलो पटक स्पेन विश्व कपको सेमिफाइनलमा पुगेको थियो भने चार पटक क्वाटर फाइनलमा पुगेको छ । स्पेनले १९६४, २०१०, २०१२ गरी युरोकप तीन पटक सम्म जितेको थियो भने १९९२ मा ओलम्पिक फुटबलको उपाधि समेत जितेको थियो । यी सबै उपलब्धिलाई हेर्दा स्पेन प्रतियोगीताकै दाबेदार टोली मध्येको एक हो ।

पोर्चुगल २०१६ को युरो कप विजेता टोली हो । त्यसैले पनि क्रिष्ट्रियानो रोनाल्डो र रिकार्डो क्वारिज्माजस्ता अनुभवी तथा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुको साथ पाएको पोर्चुगल निकै उत्साहित छ । पोर्चुगल १९६६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । त्यसपछि भने यसको यात्रा त्यती सुखद देखिदैन । क्रिष्ट्रियानो रोनाल्डो प्रेरित पोर्चुगलको आखाँ पनि २०१८ को विश्वकपको ट्रफिमै पर्ने निश्चित छ । यस वर्षको विश्वकप यात्रा सम्भवत रोनाल्डोको अन्तिम यात्रा हुनेछ त्यसकारण पनि उनी सुखद अन्त्य गर्न चाहन्छन् ।

यी दुबै टोलीलाई दाबेदबरको रुपमा हेरियता पनि स्पेन उत्कृष्ट खेलाडीको बाहुल्यता रहेको टोली हो । विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डो पोर्चुगल टीममा भएको कारण पनि नतिजा के आउछ भन्न सकिदैन । तर, इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जितेको छ भने स्पेनले १६ जित हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्