०१ असार २०७५, एजेन्सी
हिजोबाट शुरू भएको विश्वकप २०१८ फुटबलको उद्घाटन खेलमा ‘एकिलिज’ नामको कान नसुन्ने सेतो बिरालोले गरेको भविष्यवाणी सही सावित भएको छ ।
हिजो भएको खेलमा दुई देशका झण्डासहित खानेकुरा राख्दा एकिलिजले रसियाको झन्डा भएको खाना खाएको थियो ।
प्रत्येक पटक विश्वकप खेल नतिजाको लागि जनावरलाई भविष्यवक्ताका रुपमा राखिदै आएको छ । यसअघिका केही भविष्यवाणी मेल खाएपछि कान नसुन्ने उक्त बिरालोलाई विश्वकप २०१८ को भविष्यवाणी गर्ने आधिकारिक जनावरको मान्यता दिइएको छ ।
हिजो भएको खेलमा आयोजक रसियाले साउदी अरबलाई ५-० गोलको फराकिलो अन्तरले हराएको थियो ।