०३ असार २०७५, काठमाडौं
समुह डि मा रहेका आइसल्याण्ड र अर्जेन्टिनाबिच भएको पहिलो खेलमा मेसीले पेनाल्टीमा गोल गर्न चुकेपछि सर्वत्र आलेचना भैरहदा रवि लामिछानेले भने अर्जेन्टिनाको खेल नेपालको राजनीतिसँग जोडेर हेरेका छन् ।
फेसबुक लाइभ मार्फत उनी भन्छन्, ‘मेसीले पेनाल्टी मिस गरेको हेरे र आइसल्याण्डले अर्जेन्टिनालाई ठूलो चुनौती दिएको पनि । जति गोलका कुरा गरे पनि हाम्रा गोल त अचम्मका छन् । नेपालमा फुटबलको गोल चाँही हैन घुसियाहरुको गोल चै धेरै हुन्छ, त्यो विश्वका उत्कृष्ट खेलाडी एकातिर जम्मा पारेर खेल्दा जति शक्तिशाली देखिन्छ त्यो भन्दा बढी शक्तिशाली हाम्रा घुसियाहरुको टिम छ ।
उक्त खेलमा अर्जेन्टिना र आइसल्याण्ड एक–एकको बराबरीमा अंक बाडेका थिए । अर्जेन्टिनाको अर्काे खेल बिहिबार क्रोएशियासँग छ भने आइसल्याण्डको नाइजेरियासँग शुक्रबार रहेको छ ।
विश्वका ठूला स्टार रोनाल्डो र मेसी को उत्कृष्ट होड चलिरहँदा विश्व कप २०१८ को पहिलो खेलमै अर्जेन्टिनी स्टार लियोनल मेसी सर्बत्र आलोचित भएका छन् । उनले आइसल्याण्ड विरुद्ध पाएको पेनाल्टी गोल गर्न चुक्दा आलोचित हुनु परेको हो । मेसीले गोल गर्न पाएका थुप्रै अवसरहरु पनि खेर फ्यालेका थिए ।
पोर्चुगेली स्टार रोनाल्डो भने आफ्नो पहिलो खेलमै राम्रो छाप छोड्न सफल भएका छन् । स्पेन जस्तो बलियो मानिएको टिमसँग खेल्दा उनले पोर्चुगलका लागि व्यक्तिगत तीन गोल गरेर बराबरीमा रोके । उनले विश्वकप २०१८ को पहिलो ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड समेत बनाएका छन् ।