विश्वकप फुटबलमा यो पटक कुन खेलाडी र राष्ट्रले ईतिहास रच्दैछ ?



०३ असार २०७५, रसिया

चर्चित विश्वकप फुटबलको महामेला शुरु भइसकेको छ । यतिबेला ३२ वटा देशले १८ क्यारेटको २ किलो सुनको कप आफ्नो कब्जामा पार्न रसियामा कडा प्रतिस्पर्धा गर्दैछन् ।

फुटबल भन्ने बित्तिकै सबैको मानसपटलमा आउने एउटा नाम हो पेले । विश्व फुटबल इतिहासमा पेलेको नाम स्वर्णिम अक्षरले लेखिएको छ । पेलेको झै नाम चम्काउन पछिल्लो पिढिका खेलाडीहरु अनवरत रुपमा सक्रिय देखिन्छन् ।

पेले पछिको फुटबलको बादशाहको रुपमा म्यारोडोनालाई हेरिन्छ। विश्व फुटबल इतिहासमा म्यारोडोनाको चर्चा पनि उत्तिकै अग्रस्थानमा रहेको छ । कुनै बेला विश्व फुटबलमा म्यारोडोनाले एक छत्र राज चलाएका थिए ।

सन् १९९८ को विश्वकपमा फ्रान्सका जिदान सर्वोत्कृष्ट खेलाडी सावित हुँदै फ्रान्सलाई उपाधि दिलाए । जतिबेला सबैतिर चर्चा परिचर्चा फ्रान्स अनि जिदानको मात्र बनेको थियो । सन् २००२ को विश्वकपमा अघिल्लो विश्व विजेता फ्रान्सलाई सेनेगलले उद्घाटन खेलमानै हरायो र जिदानको खेलयात्रा चुनौती बन्यो ।

त्योसँगै २००२ को विश्वकपमा रोनाल्डो सर्वोत्कृष्ट खेलाडी बन्दै ब्राजिलको थप इतिहास रचाए । जतिबेला रोनाल्डोले सबैभन्दा बढी गोल गर्दै गोल्डेन बुट समेत पाएका थिए । सबैको मुखमा त्यतिबेला रोनाल्डोको नाम मात्र चर्चामा आउने गर्थ्यो ।

सन् २००६ को विश्वकपम जिदानको अनुशासन हिनताले रेड कार्ड पाए र उनको विश्वकप यात्रा सदाको लागि अन्त्य भयो। त्यो सँगै २००६ को विश्वकपको उपाधि इटालीले उचाल्यो । जुन विश्वकपमा हेडिङका राजा मिरोस्लाभ क्लोसले उत्कृष्ट गोलकर्ताको इतिहास समेत रचाए ।

सन् २०१०को विश्वकपको उपाधि स्पेनले उचाल्यो । उपाधिसँगै स्पेनले ४जना उत्कृष्ट गोलकर्ताको इतिहास समेत रचायो ।

विश्वकपको इतिहासमा सन् २०१४ को विश्वकप ब्राजिलको लागि कालो वर्ष रह्यो । आफैले आयोजना गरेको उक्त विश्वकपमा ब्राजिललाई आफ्नै मैदानमा जर्मनीले ७ गोल हान्यो। ब्राजिललाई हराएसँगै फाइनल यात्रा सुरक्षित गरेको जर्मनीले अर्जेन्टिनालाई हराउदै चौथो पटक उपाधि चुम्यो ।

यतिबेला सन् २०१८ को विश्वकप भइरहेको छ । फुटबलमा लामो समयसम्म राज गरेका तर आफ्नो देशलाई न्याय नगरेका मेसी र रोनाल्डोको इतिहास लेखिने अन्तिम वर्ष हुनेछ यो विश्वकप।

विभिन्न कालखण्डमा विभिन्न खेलाडीको भाग्य भविष्य चम्काउने विश्वकपले हेरौं यो पटक कुन खेलाडी र राष्ट्रको इतिहास रच्नेछ अनि भाग्य चम्काउने छ ।

प्रतिक्रिया दिनुहोस्