नेइमार शतप्रतिशत ठिक भैसकेका छैनन् : प्रशिक्षक टिटे



०३ असार २०७५, काठमाडौँ

रसियामा जारी विश्वकपको ग्रुप ई मा रहेका ब्राजिल र स्वीजरल्याण्डको पहिलो खेल आज राती नेपाली समयानुसार ११:४५ मा हँुदैछ । विश्वकपको तयारीमा रहेका ब्राजिलीयन सुपरस्टार नेइमार अझै पनि शतप्रतिशत ठिक भैनसकेको प्रशिक्षक टिटे बताउँछन् ।

नेइमार सोचेको भन्दा ठिक छन् । विश्वकप खेल्नका लागि तयार पनि छन् तर शतप्रतिशत ठिक भने भैसकेका छैनन् । चोटका कारण तीन महिनादेखि मैदान बाहिर रहेका नेइमारले यसअघिका केही खेल गुमाउनु परेको थियो । यद्यपी उनले विश्वकपका अभ्यास खेलहरु खेलेका थिए ।

‘ब्राजिल एउटा मात्र खेलाडीमा नटिकेको र पुरै टिम बलियो भएकोले सबै खेलाडी एक–अर्कामा बाँधिएका छन् यही नै हाम्रो सबल पक्ष हो ।’–प्रशिक्षक टिटे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्