०४ असार २०७५, काठमाडौं
विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ।
आर्थिक वर्ष २०५०्०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३्०७४ सम्म आइपुग्दा चार लाख नौ हजार श्रम स्वीकृति लिएर गएका छन्।
नेपाल राष्ट्र बैंकले गएको साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या उच्चदरमा बढेको देखिएको हो। चालू आर्थिक वर्षमा हालसम्म तीन लाख ९८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्।, आजको गोरखापत्र दैनिकमा यो खबर छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आधा करोड नेपाली रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्।
प्रतिवेदनअनुसार विप्रषण आप्रवाह विगतको तुलनामा उल्लेख्य रूपमा बढ्दै आए पनि पछिल्ला वर्षमा यसको वृद्धिदरमा कमी आएको छ। आर्थिक वर्ष २०७१्०७२ मा १३।६ प्रतिशत, आर्थिक वर्ष २०७२्०७३ मा ७।७ प्रतिशत र आर्थिक वर्ष २०७३्७४ मा ४.७ प्रतिशतले मात्रै बढेको खबर छ ।