०४ असार २०७५, काठमाडौं
ब्राजिल र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति पौने १२ बजेबाट भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डले १—१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
खेलको पहिलो हाफमा ब्राजिलले १ गोलको अग्रता लिएको भएपनि ५० औं मिनेटमा स्टेभन जुबेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ब्राजिलका लागि फिलिप्पे कुटिन्होले २० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
खेलमा स्वीट्जरल्याण्डका तीन खेलाडीले पहेँलो कार्ड पाएका छन् । भने ब्राजिल एकले पहेँलो कार्ड पाएका छन् । सर्वाधिक ५ पटकको विश्वकप विजेता ब्राजिल आफ्नो पहिलो खेलमा बराबरी खेलेको हो । दुबै टिमले गोल गर्ने निकै सुन्दर मौका पाइएको भएपनि जितका लागि निर्णायक गोल गर्न सकेनन् ।
अहिलेसम्म ८ पटक भएको प्रतिस्पर्धामा ब्राजिल तीन खेलमा विजयी भएको छ भने दुई खेलमा पराजित भएको छ । तीन खेलमा बराबरी भएको छ । ब्राजिल र स्विट्जरल्याण्ड विच पहिलो भेट विश्वकपमा सन् १९५० मा ब्राजिलले आयोजना गरेको बिश्वकपमा भएको थियो । यो विश्वकपमा ब्राजिल र स्विट्जरल्याण्डविचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको थियो ।