०४असार २०७५, रसिया / एटम
रसियामा जारी विश्वकपमा ब्राजिलको यात्रा अगाडि बढ्नको लागि नेइमारको प्रदर्शन उच्च हुन जरुरी छ। त्यसमा कुनै पनि शंका छैन । तर पनि हिजोको खेलमा नेइमारले खेलको करिब ७० औं मिनेटसम्म प्रदर्शन गरेको थिएन।
नेइमारको मेहनत बिना नै ब्राजिलले स्विजरल्याण्डलाई हाफ समय अगाडि नै कास्टिन्होको उत्कृष्ट प्रहारबाट १ गोल लगाउन सफल बनिसकेको थियो । तर स्विजरल्यानडले हाफ समय पछि १ गोल लगाउदै खेललाई बराबरीको स्थितिमा ल्याउन सक्यो ।
अन्तिम समयसम्म पनि आफ्नो टिम १-१ गोलको बराबरीमा रोकिएपछि अन्ततः ७० औं मिनेट पछि नेइमारले आफ्नो खेलको गति बढाएका थिए । खेलको ७०, ७५ औं मिनेट सम्म सबैभन्दा कम रेटिङ रहेका नेइमार खेल सकिँदा सबैभन्दा धेरै रेटिङमा पुगेको थियो ।
अन्तिम समयमा ब्राजिलले निकै नै सुन्दर मौकाहरु गुमाउन पुगेको थियो । नेइमार पुर्ण रुपमा फिट छैनन् र कोचको योजना पनि उनलाई डटेर खेलाउनु थिएन र सोही योजना अनुसार नेइमारलाई त्यति सक्रिय बनाउन चहान्न थिए । कम मात्र रेटिङमा पुर्याउन चाहेका थिए । तर अन्त्यमा नेइमार सबै भन्दा बढी रेटिङमा पुग्न बाध्य भए ।
हुनत खेल सुरक्षित भएपछि आफ्नो मुख्य खेलाडी जो चोट बाट गुज्रिरहेको छ उनलाई सब्सिच्युट गर्ने मुख्य प्रशिक्षक टिटेको योजना थियो । तर टिटेको उक्त योजना पनि हिजो सफल हुन सकेन ।
सब्सिच्युट त के अन्तिम समयमा समेत नेइमारले डटेर प्रदर्शन गर्नु परेको थियो । यो ब्रजिलका प्रशिक्षक टिटेको तत्कालिन निर्णय थियो ।
प्रशिक्षक टिटेले सोचेका थिए हामीलाई लामो यात्रा गर्नु छ । जुन यात्राको लिडर नेइमार नै हुन् । टिटे नेइमारको चोट छिटो भन्दा छिटो निको भएको हेर्न चाहन्थे र रसियामा जारी विश्वकपको उपाधि चुम्न चाहन्थे ।