मुख्यालयमा अड्डा जमाउने प्रहरीका दिन गए



०५ असार २०७५, काठमाडौं

प्रहरीभित्र लामो समयदेखि प्रहरी प्रधान कार्यालयमा बसेर आफू अनुकुलको निर्णय गराउँदै आएका प्रहरी कर्मचारीलाई प्रहरी मुख्यालयबाट बाहिर पठाउने अभियान शुरु भएको छ ।

प्रहरी महानिरीक्षक फेरिएपछि हरेक आईजीपीले घोषणा गर्ने तर कार्यान्वयन नहुने यो रोगबाट यसपटक भने प्रहरी मुख्यालय मुक्त भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयमा ५ बर्षभन्दा बढी बसेका सबै जुनियरदेखि सिनियर अधिकृतलाई मुख्यालयबाहिर पठाउने अभियानको शुरुआत गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्