०६ असार २०७५, काठमाडौं
स्थानी प्रशासन र काठमाडौं महानगरपालिकाका नाममा सर्वाेच्च अदालतले २०५६ जेठ ३१ गते र असार २९ गते आदेश जारी गरेको थियो ।
२०५६ जेठ ३१ गते थापाथली प्रसुतिगृह छेउको पाञयनघाटदेखि बागमति किनारमा काुनन् मिचेर बाटो बनाएको देखिएकाले निर्माण रोक्नु र अनधिकृत बाटो निर्माण कार्य गर्न गराउन नदिनु भन्दै धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान संरक्षण गर्न आदेश दियो ।
सोही बर्ष असार २९ मा बागमती नदीको स्वच्छता कायम राख्न सरकारमा नाममा परमादेश जारी भयो । तर दुवै आदेश कार्यान्वयन भएनन् ।