नेकपाको तल्लो एकता प्रक्रियाले गति लिएन



०६ असार २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एकताको लागि सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि तल्ला पार्टी कमिटीहरुको एकता प्रक्रियाले गति लिन सकेको छैन ।

कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन भने तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् ।

प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।

प्रतिक्रिया दिनुहोस्