विश्वकप ट्रफीको इतिहास (फोटो फिचर)



०६ असार २०७५, काठमाडौ

यही जेठ ३१ गतेदेखि शुरु भएको २१ औं विश्वकप फुटबल रुसमा जारी छ । यतिबेला सबैको नजर यही विश्वकपले नै तानेको छ र तान्नु पनि स्वभाविक हो ।

यतिबेला विश्वका सबैले आ-आफ्ना टिम छनोट गरेर सर्मथन जनाईरहेका छन् । विश्वकप इतिहास हेर्दा गएको ६० वर्षसम्म निरन्तर विश्वकपमा सहभागी भएको इटाली भने रसियामा जारी विश्वकप –२०१८ मा छनौट हुन सकेन । रसियामा आयोजना भईरहेको २१ औं संस्करणको विश्वकपमा इटालीको सहभागीता नभएपनि फिफा वर्ल्डकप ट्रफीका कारण विश्वकपसँग इटालीको सम्बन्ध भने अटुट छ ।

इटालीमा वर्ल्डकप ट्रफीसँग सम्बन्ध बोकेको एउटा ऐतिहासिक शहर छ । जुन शहरको नाम हो पर्डेनो डुग्नानो शहर । इटालीको मिलान शहरदेखि केहि पर पर्ने उक्त पर्डेनो डुग्नानो नाम गरेको उक्त सानो शहर ग्रामिण बस्ती जस्तो देखिन्छ । त्यसै सानो शहर पर्डेनो डुग्नानोमा गुलावी रंग पोतिएको सानो जिडिइ ब्रेटोनी नाम गरेको कारखानामा बनेको थियो फिफाको आधिकारिक सक्कली ‘फिफा वर्ल्ड कप ‘ट्रफी’ ।

फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेन र स्विट्जरल्यान्ड समेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भएर सन् १९०४ मे २९ मा फुटबलको सर्वोच्च संस्था ‘अन्तराष्ट्रिय फुटबल महासङ्घ (फिफा) गठन गरेका थिए । सात राष्ट्र मिलेर बनेको फिफामा यतिबेला दुई सयभन्दा बढी राष्ट्र सदस्य रहेका छन् । सन् १९७० बाट नेपाल पनि फिफाको पूर्ण सदस्यस्ता बनिसकेको छ ।

हरेक चार–चार वर्षको अन्तरालमा फिफा सदस्य राष्ट्रहरूबीच विश्वकप प्रतियोगिता आयोजना गर्ने फिफा एम्स्टर्डम कंग्रेसको बैठकले सन् १९२८ मे २६ मा एउटा युगान्तकारी निर्णय गर्यो । सोहि बैठकले पहिलो विश्वकप सन् १९३० मा उरुग्वेले आयोजना गर्ने निर्णयसमेत गरेको थियो । तत्कालीन मोन्टेभ्यू स्थित एक लाख दर्शक अट्ने देल सेन्टेरियो स्टेडियमबाट सुरु भएको पहिलो विश्वकप पनि उरुग्वेले नै चुमेको थियो ।

तस्वीरमा हेरौं यसरी बनाइएको थियो विश्वकपको ट्रफी

 

 

प्रतिक्रिया दिनुहोस्