०८ असार २०७५, काठमाडौं
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल ओलम्पिक डे–२०१८ को अवसर पारी अखिल नेपाल फुटबल संघ र नेपाल चलचित्र संघबिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
एन्फा फुटबल ग्राउण्डमा भएको मैत्रीपूर्ण खेलले खेलाडी र कलाकारबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास आयोजकले गरेका छन् ।