०८ असार २०७५, एजेन्सी
सम्भवत: आफ्नो करियरको अन्तिम विश्वकप खेलिरहेका लियोनेल मेस्सीले अन्य खेलाडीका कारण मेस्सीले विश्वकप २०१८ मा क्रोएसिया विरुद्धको खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् ।
हिजो भएको समूह ‘डी’ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनाले ३–० को लज्जास्पद हार बेहोरेको थियो । जसमा उनले कुनै प्रभाव पार्न सकेनन् । यो अर्जेन्टिनाको विश्वकपको समूह चरणमा सन् १९५८ पछिकै सबैभन्दा ठूलो हार हो । यद्यपि, साम्पाओली भने यसमा मेस्सीको कुनै दोष देख्दैनन् बरु मेस्सीबाहेक टोलीका अन्य सदस्यको गल्ती औँल्याउँछन् ।
पराजयपछि उनले भने, ‘अर्जेन्टिनी टोलीको वास्तविकता यस्तो छ कि यसले मेस्सीको उत्कृष्टतालाई ओझेलमा पार्छ । मेस्सी सिमित बन्छन् किनभने टोलीका अन्य सदस्यले उनलाई साथ दिँदैनन् ।’ गोलकिपरको गल्ती र कप्तान मेस्सीको कमजोर प्रदर्शनबाट ध्यान हटाउन उनले पराजयको जिम्मा पनि आफैंले लिए ।
पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जे्न्टिनाले अब समूह चरणको अन्तिम खेलमा नाइजेरियाको सामना गर्नेछ । पराजयपछि अर्जेन्टिना दुई खेलपछि समूह ‘डी’मा एक अंकसहित तेस्रो स्थानमा सिमित रहेको छ ।