इङ्ल्याण्डसामु निरीह पानामा : ६–१ को लज्जास्पद हार



११ असार २०७५, काठमाडौं

विश्वकप फुटबल अन्तर्गत इङल्याण्ड दोस्रो चरणमा प्रवेश गरको छ । समुह जी को इङल्याण्ड र पानामाबिचको खेलमा इङल्याण्डले ६-१ को जित हासिल गर्दै विश्वकपक ओदोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इङल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् भने जोन स्टोनले २ तथा जेस्से लिंगार्डले एक गोल गरेका छन् ।

इङल्याण्डले खेलको ८औ मीनेटमा नै गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । इङल्याण्डले पाएको कर्नरलाई हेडबाट गोल गर्दै स्टोनले सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २२औ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गरेका थिए । त्यस्तै खेलको ३६औ मिनेटमा रहिम स्टरलिङको असिस्टमा लिंगार्डले इङल्याण्डका लागि तेस्रो गोल गरका थिए । त्यस्तै खेलको ४०औ मिनेटमा इङल्याण्डका लागि स्टोनले आफ्नो व्यक्तिगत दोस्रो र इङल्याण्डका लागि चौथो गोल गरेका थिए । उनले दुवै गोल हेड मार्फत गरेका थिए ।

त्यस्तै खेलको ४५औ मिनेटमा पाएको पेनाल्टीलाइ कप्तान केनले गोलमा परिणत गर्दै पहिलो हाफमा इङल्याण्डले पानामामाथि ५-० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा दुवै टिमबात एक एक गोल भएको थियो । खेलको ६२औ मिनेटमा केनले आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने इङल्याण्डका लागि छैठौ गोल गरेका थिए । त्यस्तै पानामाले खेलको ७८औ मिनेटमा एक गोल फर्काएको थियो । पानामाका लागि फेलिप बालोयले गोल गरेका थिए । पहिलो पटक विश्वकप खेलेको पानामाका लागि बालोयको यो गोल विश्वकपकै पानामाको पहिलो गोल बनेको छ ।

यस समुहमा अब अन्तिम खेल खेल्न बाँकि भएपनि ट्युनिसिया र पानामाले आफ्ना दुवै खेलमा हार बेहोरेकाले यस समुहबाट बेल्जियम र इङल्याण्ड दोस्रो चरणमा पुगेका हुन् । अब बेल्जियम र इङल्याण्डबीचको अन्तिम खेलले समुहमा शिर्ष स्थानमा को हुने भन्ने निर्णय गर्ने छ ।

साथै इङल्याण्डका कप्तान ह्यारी केनले विश्वकपमा अहिलेसम्म कुल ५ गोल गर्दै गोल्डेन बुटको दौडमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुलाइ उछिनेका छन् । रोनाल्डो र लुकाकुले २ खेलमा ४-४ गोल गरेका छन् भने ह्यारी केनले २ खेलमा ५ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्