पानामा विरुद्ध ह्याट्रिक गर्दै इङ्ल्यान्डका ह्यारी केन सर्वाधिक गोलकर्ता बन्न सफल



११ असार २०७५ काठमाडौ

इङ्ल्यान्डका कप्तान ह्यारी केनले पानामा विरुद्धको खेलमा ह्याट्रिक गर्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

पोर्चुगलका कप्तान क्रिश्चियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुलाई पछि पार्दै केन अहिले सम्म सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डो र लुकाकुको ४/४ गोल रहेको छ भने केनको ५ गोल भएको छ ।

आइतबार भएको खेलमा पानामा विरुद्ध ह्याट्रिक गर्दै केनले रसियामा जारी २१ औं विश्वकपमा रोनाल्डो पछिको दोस्रो ह्याट्रिक गर्ने खेलाडी समेत बनेका छन् । रोनाल्डोले यस अधि स्पेनसँगको खेलमा रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेका थिए ।

२२ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी गोल गरेका केनले ६२ मिनेटमा पुन गोल गर्दै ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्