११ असार २०७५ काठमाडौ
जारी विश्वकपमा हिजो आइतबार साँझ समूह एच का दुई राष्ट्र जापान र सेनेगलले बराबरी खेलेका छन् । निर्धारित समयमा दुबै टिमले २/२ गोल गरेपछि १/१ अंक बाडेका हुन् ।
समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको जापान र कोलम्बियालाई पराजित गरेको सेनेगलबिच समुह चरणको दोस्रो खेलमा भेट भएको हो । बराबरी खेलेसँगै अब दुबै टिमको २/२ खेल खेल्दा ४/४ अंक भएको छ । हिजै राती भएको अर्को खेलमा पोल्यान्डलाई ३-० ले हराउदै कोलम्बियाले पनि ३ अंक बनाएको छ ।
सेनेगलका मिडफिल्डर मेनले ११ मिनेटमा पहिलो गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ३४ मिनेटमा जापानका मिडफिल्डर इन्युईले गोल फर्काएर बराबरी बनाएका थिए । पहिलो हाफ बराबरीमा रहेको दुबै टिमले दोस्रो हाफ सुरु भएसँगै सेनेगलका मिडफिल्डर वाग्युले ७१ मिनेटमा गोल गर्दै सेनेगललाई २/१ को अन्तरमा बनाएका थिए ।
तर ७८ मिनेटमा जापानका मिडफिल्डर होन्डाले गोल गर्दै सेनेगलसँग बराबरी बनाए । ४ अंक भएको जापानको अब समूह चरण अन्तर्गतको अन्तिम खेल कोलम्बियासँग हुनेछ भने सेनेगलको पोल्यान्डसँग हुनेछ ।