११ असार २०७५ काठमाडौं
आइतबार राती भएको समूह एच का दुई राष्ट्र पोल्यान्ड र कोलम्बिया बिचको खेलमा कोलम्बियाले ० को बिरुद्ध ३ गोल गर्दै सानदार जित गरेको छ ।
समूह चरणको पहिलो खेलमा जापानद्वारा पराजित भएको पोल्यान्ड र सेनेगलद्वारा पराजित भएको कोलम्बियाको समुह चरणको दोस्रो खेलमा हिजो राती भेट भएको थियो । विजयी भएसँगै कोलम्बियाको दुई खेल मध्ये एकमा हार र एकमा जित भएसँगै ३ अंक भएको छ भने २ खेल नै खेलेको पोल्यान्डको दुबै खेलमा हार भएसँगै कुनै अंक रहेको छैन ।
कोलम्बियाका डिफेन्डर मानले ४० मिनेटमा पहिलो गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए भने पुन ७० मिनेटमा मिडफिल्डर फल्काओले अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ७५ औं मिनेटमा कोलम्बियाका फरवार्ड काउड्राडोले कोलम्बियाको तर्फबाट तेस्रो गोल गर्दै कोलम्बियाको जित पक्का बनाएका थिए ।
पोल्यान्डले पटक-पटक प्रयास गर्दा पनि खाता खोल्न सकेन । समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको पोल्यान्ड समूह चरणको एक खेल खेल्न बाँकी छँदै जारी विश्वकपबाट बाहिरीएको छ ।