११ असार २०७५ काठमाडौं
जारी विश्वकपमा आफ्नो समूह चरणको अन्तिम खेल अन्तर्गत आज पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा मोरक्कोलाई पराजित गरेको थियो ।
स्पेनसँगको खेलमा एक्लै तिन गोल अर्थात् ह्याटिक गरेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले मोरक्कोसँगको खेलमा पनि एक गोल गरेर विश्वकपमा उनले ब्याक्तिगत ४ गोल गरेका छन् । त्यसैगरी बेल्जियमका लुकाकुले पनि ४ गोल बनाई सकेका छन् ।
लुकाकु र रोनाल्डोको अग्रतालाई पछि पार्दै इन्ल्याण्डका फरवार्ड ह्यारी केनले आफ्नो नाममा ५ गोल बनाएका छन् । केनले ट्युनेसियासँगको खेलमा २ गोल गरेका थिए भने हिजो पानामासँगको खेलमा एक्लै तिन गोल अर्थात् ह्याटिक गरेका थिए । यो सँगै समुहचरणमा २ खेल मात्रै खेलेको केनको ५ गोल छ भने २ खेल नै खेलेको रोनाल्डो र लुकाकुको समान ४ गोल रहेको छ ।
समुहचरणको अन्तिम खेल अन्तर्गत पोर्चुगल आज साँझ ७ : ४५ बजे इरानसँग भिड्दैछ । सबैको चासो यो छ कि, के स्पेनलाई झैँ इरानलाई पनि ह्याटिक गर्न सक्छन त रोनाल्डोले ? के केनको रेकर्ड तोड्न सक्लान त रोनाल्डोले आज ?
ह्याटिक गर्न नसकेनी केनको झैँ ५ गोल या केनलाई उछिन्दै ६ गोल बनाउनेमा रोनाल्डोका समर्थकहरु विश्वस्त रहेका छन् । त्यसको लागि त आज रातिको खेल पर्खनै पर्ने हुन्छ । हेरौँ के हुने हो अब ।