१२ असार २०७५, काठमाडौं
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कडा कारवाही गर्दा पनि मादक पदार्थ सेवन (मापसे) गरी सार्वजनिक सवारीसाधन चलाउनेको संख्या घट्न नसकेको जनाएका छन् ।
भाडाका कारचालक, ट्रक र बसका चालकले मापसे गर्ने गरेको भेटिएको छ । लामो दुरीमा चल्ने रात्री बसका चालकले समेत मापसे गरेको अवस्थामा भेटिएको एक प्रहरीले जानकारी गराए ।
महाशाखाको तथ्यांकअनुसार गएका ६ वर्षमा उपत्यकाभित्र मात्रै मापसे कारबाहीमा भाडाका २ हजार ३ सय ९५ सवारीसाधन कारबाहीमा परे । त्यसमा सबैभन्दा धेरै ट्रक, बस र भाडाका कार चलाउने चालक छन् ।